लाङटाङमा स्वास्थ्य शिविर
रसुवा जिल्लाको मनोरमस्थल लाङटाङ क्षेत्रमा पर्यटकको ओइरो लाग्दा गाउँलेहरूमा खुसीको सीमा हुँदैन । जेठको तेस्रो साता स्वास्थ्यकर्मीहरूको टोली घरदैलो पुगेपछि उनीहरूको अनुहारमा चमक आएको थियो, यसको कारण थियो - निःशुल्क स्वास्थ्यपरीक्षण गरेपछि औषधी वितरण गर्नु । विश्व स्वास्थ्य संगठन र जिल्ला स्वास्थ्य कार्यालय धुन्चेको सहयोगमा युवा स्वास्थ्यकर्मीहरूको समूह 'जनस्वास्थ्य अभियान'ले हालै लाङटाङमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गर्*यो । मनमोहन अस्पतालका डा. अच्युतराज कार्की र पाटन अस्पतालका डा. अशोकराज देवकोटा संयोजक रहेको जनस्वास्थ्य अभियानमा डाक्टरसहित अठारजना युवा स्वास्थ्यकर्मीहरूको टोलीले उक्त शिविरमा २ सय ७० जना विरामीको स्वास्थ्यपरीक्षण गरेको थियो ।
डा. कार्कीका अनुसार त्यहाँ आएका विरामीमध्ये अधिकांश पेट, आँखा, हाडजोर्नी, दाँतलगायत विभिन्न समस्याबाट पीडित थिए । डा. कार्की भन्छन्, 'पर्यटकीय क्षेत्रमा रूपमा ख्याति कमाएको लाङटाङका जनतालाई स्वास्थ्य सेवाको अभाव रहेको पाइयो । यो शिविरबाट धेरै विरामीले सेवा पाए ।' लाङटाङ क्षेत्रमा पहिलोचोटि आयोजना गरिएको उक्त शिविरबाट निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेकोमा गाउँलेहरूले खुसी व्यक्त गरेका थिए ।
ki kaso?
