View Single Post
(#1 (permalink))
Old
prit_1001's Avatar
prit_1001 is Offline
Senior Member
 
Images: 3
Thanks: 1
Thanked 49 Times in 43 Posts
हेल्थपोस्टमा अनियमितता !!! - 27-06-2007, 12:07 PM

मौवा -डोटी, असार १२ - यहाँको स्वास्थ्य चौकी भवन गुणस्तरहिन भएको भन्दै स्थानीयवासीले बुझ्न अस्वीकार गरेका छन् । अनियमिताका कारण भनव भत्कन थालेपछि उनीहरूले नवनिर्मित भवन बुझ्न इन्कार गरेका हुन् ।
गुणस्तरहिन सामान, बालुवा ढुंगा प्रयोग गरेकाले भवन काममा नआउँदै केही भागको प्लास्टर भत्कन लागेको स्थानीयको आरोप छ ।
स्थानीय बासिन्दाले भवन बुझ्न इन्कार गरेपछि हस्तान्तरण गर्न
दिपायलबाट गएका सहरी विकास तथा भवन निर्माण कार्यालय कर्मचारी रित्तो हात फर्केका थिए । सहरी विकास तथा भवन निर्माण कार्यालयका कर्मचारीको पनि संलग्नता रहेकाले उनीहरूले गुणस्तरहीन भवन बुझ्न दबाब दिइरहेको स्थानीय बासिन्दाले बताएका छन् । 'असोजमा भवन विकासका डी चक्रवर्ती कण्ठ आएर पानीको धारा भएन, ट्वाइलेटको टायल भएन भन्थे । अहिले तीनै डी कण्ठ भवन बुझ्नु पर्*यो भनेर दबाबको भाषा बोल्दैछन्,' स्थानीय बासिन्दा केशव ओझाले बताए ।
Reply With Quote