View Single Post
(#1 (permalink))
Old
cezene's Avatar
cezene is Offline
Senior Member
 
Thanks: 2
Thanked 140 Times in 139 Posts
एउटा कानमा व्यथा, अर्कोमा शल्यक्रिया - 28-05-2007, 05:29 AM

काठमाडौं, जेठ १३ - दाहिने कानको शल्यक्रिया गराउन अपरेसन थिएटर पुगेका व्यक्ति देब्रे कानको शल्यक्रिया भएर ब्ााहिर निस्कन्छन् भने तपाईं के भन्नुहुन्छ ? सुन्दा अचम्म लाग्ने यो घटना जिल्लामा होइन राजधानीको सुविधासम्पन्न अस्पतालमा भएको हो ।
काठमाडौं मोडेल अस्पतालमा दाहिने कानको शल्यक्रियाका लागि झापाबाट आएका २७ वषर्ीय डिल्ली सिवाकोटी शनिबार शल्यक्रिया कक्षबाहिर निस्किदा देब्रे कानको शल्यक्रिया भइसकेको थियो ।

सिवाकोटीले शल्यक्रिया कक्षमा समेत आफूलाई बेहोस पार्नुअघि दाहिने कानको शल्यक्रिया गर्नुपर्ने बताएका थिए ।

कम सुन्ने समस्याबाट पीडित सिवाकोटीको दाहिने कानको शल्यक्रियाका लागि अस्पतालले शनिबारको दिन तय गरेको थियो । 'डा. माधव दाहालले शल्यक्रिया गर्न सुई लगाएर बेहोस पार्दासमेत दाइले दाहिने कान देखाउनुभयो तर डाक्टरले वास्ता गरेनन्,' बिरामीका आफन्तले आइतबार कान्तिपुरसँग भने- 'उहाँको देब्रे कान ठीकै थियो, दाहिने कानमा कम सुन्ने समस्या देखिएको हो ।'

ती आफन्तले अस्पतालमा आइतबार बिहान आठ बजेदेखि उपचारमा लापरबाहीबारे व्यापक बैठक भएको समेत बताए । बैठकपछि हाल अस्पताल व्यवस्थापन र बिरामी पक्षबीच शल्यक्रियामा भएको त्रुटिका लागि समस्याग्रस्त दाहिने कानको शल्यक्रिया निःशुल्क गरिदिने सहमति भएको जानकारीसमेत उनले दिए । 'अस्पतालले थप उपचार गर्ने सहमति भएको छ,' आफन्तले भने ।

अस्पताल स्रोतले भने यो घटना 'मानवीय त्रुटि' ले भएको जनाएको छ । अस्पताल व्यवस्थापनले भने सिवाकोटीको दुवै कानको झिल्लीमा प्वाल परेको उल्लेख गर्दै हालको शल्यक्रिया झिल्लीलाई टाल्न गरिएको दाबी गरेको छ । 'दुवै कानमा खराबी भएको हुनाले उपचारका क्रममा कुन अगाडि, कुन पछाडि ठूलो प्रश्न नै होइन,' व्यवस्थापनले भन्यो- 'यस्तो पुनर्निर्माण शल्यक्रियामा धेरै चोटिको प्रयासमा समेत श्रवण शक्ति फर्किने हुन्छ ।'

नेपाल मेडिकल काउन्सिलमा यस वर्ष -२०६३/६४) मा हालसम्म करिब सयभन्दा बढी उपचारमा हेलचेक्र्याइँ भएको उजुरी परेको

छ । 'गत ६ महिनामा परेको उजुरी अझ बढी छ, कुनै-कुनै साता त १० भन्दा बढी उजुरी आउँछन्,' काउन्सिलका रजिस्टार डा. श्रीकृष्ण गिरीले भने ।

जानी-जानी भएको गल्तीमा काउन्सिलले हदैसम्मको कारबाही गर्छ । 'मानवीय त्रुटि हो भने कति ठूलो क्षति हो त्यसअनुसारको कारबाही हुन्छ,' डा. गिरीले बताए ।

मानवीय त्रुटिबारे पीडित पक्षबाट उजुरी परे काउन्सिलले विशेषज्ञ टोली बनाएर अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाउँछ । तर धेरैजसो मानवीय त्रुटि जानी-जानी नभएका घटनाको उजुरी काउन्सिलमा आउँदैन । काउन्सिल स्रोतका अनुसार जानी-जानी नभएका घटनामा प्रायःजसो चिकित्सक र रोगीका आफन्तले आपसी सरसल्लाहले विवाद मिलाउने गरेको देखिन्छ ।
Reply With Quote