View Single Post
(#1 (permalink))
Old
cezene's Avatar
cezene is Offline
Senior Member
 
Thanks: 2
Thanked 140 Times in 139 Posts
'कुटपिट गर्ने चिकित्सक वीरसँग सम्बद्ध छैन - 21-05-2007, 02:07 AM

काठमाडौं, जेठ ६ - मादक पदार्थ सेवन गरी सर्वसाधारण र बिरामी कुरुवालाई कुटपिट गरेको आरोपमा पक्राउ परेका चार चिकित्सक आफ्ना कर्मचारी नरहेको वीर अस्पतालले दाबी गरेको छ ।
प्रहरीले शुक्रबार राति पक्राउ गरेका चिकित्सकहरू निषेश सिटौला, प्रशान्त अधिकारी, शिवजी सिलवाल र केआईसिंह केसी छन् ।

अस्थायी नियुक्तिको म्याद सकिएकाले उनीहरू अस्पतालको कर्मचारी नरहेको स्पष्ट पार्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दामोदर पोखरेलले आइतबार भने- 'कारबाही प्रहरीले अगाडि बढाउँछ ।'

अस्पताल स्रोतले ती चिकित्सकको ६ महिने म्याद समाप्त भए पनि उनीहरू अस्पतालमा हाजिर हुने गरेको जनाएको छ । 'उनीहरू उपचार प्रक्रियामा समेत संलग्न थिए, अनधिकृत व्यक्तिबाट बिरामीको मृत्यु भएमा

त्यसको जिम्मेवारी कसले लिने ?,' स्रोतले भन्यो ।

आकस्मिक कक्षबाहिर सर्वसाधारण पिटिएको सूचना कन्ट्रोल कक्षबाट पाउनासाथ घटनास्थलमा सुरक्षाकर्मी पुगेका थिए । काठमाडौं परिसरका एसपी ढकबहादुर कार्कीले भने- 'त्यहाँ पुगेका तीन सुरक्षाकर्मीसमेत पिटिएपछि जनसेवा प्रहरीले ती चिकित्सकलाई पक्राउ गरेको हो ।'
Reply With Quote
The Following User Says Thank You to cezene For This Useful Post:
RonSijm (19-08-2008)