View Single Post
(#16 (permalink))
Old
Kanchan Dahal is Offline
New Member
 
Thanks: 0
Thanked 9 Times in 9 Posts
अधिकांश स्वास्थ्य अनुसन्धान केन्द्रले अ& - 10-03-2006, 05:08 AM

काठमाडौं, फागुन २५ - अस्पताल तथा स्वास्थ्य अनुसन्धान केन्द्रका रूपमा सञ्चालित अधिकांश संस्थाले सर्वसाधारणालाई झुक्याएको र राजस्व छलेको एक अध्ययनले देखाएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ३ महिनाको अध्ययनपछि तयार पारेको प्रतिवेदनमा यसबारे उल्लेख छ । 'अनुसन्धान केन्द्रका रूपमा स्थापित अधिकांश संस्थाले आमजनतालाई झुक्याउने र सरकारको राजस्व छल्ने गरेका छन्,' परिषद्का सदस्यसचिव डा. शंकरप्रताप सिंहले भन्नुभयो- 'उपत्यकालगायत देशभर दर्ता भएका स्वास्थ्य अनुसन्धान केन्द्रमध्ये ७६ दशमलव ५ प्रतिशतले अनुसन्धान गर्दैनन् ।'

'करिब १५ प्रतिशतभन्दा कम स्वास्थ्य सम्बद्घ केन्द्रले आपmनो बोर्डमा अनुसन्धान केन्द्र लेखे पनि अनुसन्धानको अर्थसमेत जानेका छैनन्,' प्रतिवेदनमा उल्लेख

छ ।

अनुसन्धान केन्द्र निरीक्षण गर्दा उनीहरूले दिसा, पिसाब र रगत परीक्षण नियमित रूपमा गर्नु नै अनुसन्धान भएको बताएको समेत प्रतिवेदनमा छ । अस्पतालको बोर्डमा अनुसन्धान केन्द्रसमेत उल्लेख गर्दा सर्वसाधारण राम्रो सुविधा पाइने ठानेर झुक्किने गरेको अध्ययनको निष्कर्ष छ ।

उपत्यकाका नर्भिक हेल्थ केयर एन्ड रिसर्च सेन्टर, ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर, मेडिकेयर हस्पिटल एन्ड रिसर्च सेन्टरलगायतले आफूलाई अनुसन्धान केन्द्र भने पनि अध्ययन टोलीलाई त्यहाँ भएका अनुसन्धानबारे जानकारी नदिएको जनाइएको छ । परिषद्का सदस्यसचिव डा. सिंहले ती अस्पतालले अनुसन्धान गरेको परिषद्सँग कुनै प्रमाण नरहेको जनाउनुभयो ।

गत वैशाखसम्ममा मुलुकभर ३ सय ६७ यस्ता संस्था दर्ता छन् । ४० जिल्लामा स्वास्थ्य अनुसन्धान केन्द्र भएकामा उपत्यकामा मात्रै यिनको संख्या २ सय ५० छ ।

यी संस्थाले विदेशबाट विभिन्न सामान आयात गर्दा अनुसन्धानका नाउँमा राजस्वसमेत छल्ने गरेको जनाइएको छ ।

कतिपयले अनुसन्धान केन्द्रका नाउँमा सस्तोमा उपकरण ल्याएर अन्य व्यावसायिक निकायलाई बेच्ने गरेको स्रोतले बतायो ।
Reply With Quote
The Following User Says Thank You to Kanchan Dahal For This Useful Post:
RonSijm (19-08-2008)