View Single Post
(#1 (permalink))
Old
SPRimal is Offline
Senior Member
 
Images: 30
Blog Entries: 5
Thanks: 0
Thanked 184 Times in 173 Posts
Thumbs up अधिकांश औषधिपसल मापदण्डविपरीत - 07-05-2008, 08:07 AM

अधिकांश औषधिपसल मापदण्डविपरीत
अर्जुन पौडेल/नयाँ पत्रिका
काठमाडौं, २४ वैशाख
2008-05-07,Wednesday
६० प्रतिशत औषधि-पसल मापदण्ड नपुर्*याई सञ्चालन भइरहेको एक सर्वेक्षणले देखाएको छ । औषधि व्यवस्था विभागले आर्थिक वर्ष ०६४/६५ को दोस्रो चौमासिक अवधिमा राजधानीलगायत विभिन्न १३ जिल्लाका पाँच सय ३१ औषधि पसलको अनुगमन गरेको थियो ।
विभागले अनुगमन गरेकामध्ये गुल्मी, अर्घाखाँची, रूपन्देही, गोरखा, लमजुङ, रसुवा, नुवाकोट, तनहुँ, कपिलवस्तु र चितवनका तीन सय १८ औषधि-पसल मापदण्डअनुरूप नपाइएको विभागका कानुन अधिकृत विश्व अर्यालले नयाँ पत्रिकालाई बताए ।
काठमाडौं, भक्तपुर र ललितपुरमा ७६ मेडिकल दर्ता नै नगरी सञ्चालन भइरहेको पनि विभागले जनाएको छ । औषधि ऐन, २०३५ को प्रावधानविपरीत दर्ता नगरी सञ्चालनमा रहेका ती औषधि पसल विभागले बन्द गरिदिएको छ ।

नेपालमा दर्ता नै नभएका भियग्रा, जेनेग्रा पेनेग्रा, स्टेनिस्ट, परिश्रवनलगायत औषधि पनि बिक्री भइरहेका छन्
दर्तासम्बन्धी प्रमाणपत्र नै पेस गर्न नसकेका र विभागले बन्द गर्न निर्देशन दिएका पसल सञ्चालन गरिरहको भेटिए जिल्ला प्रशासन कार्यालयको सहयोगमा कानुनी कारबाही गरिने विभागले चेतावनीसमेत दिएको छ ।
काठमाडौंमा मात्र १३ पसलले दर्ता प्रमाणपत्र बुझाउन नसकेको विभागले जनाएको छ । त्यस्तै, गुल्मीमा पाँच, कपिलवस्तुमा ६, रुपन्देहीमा चार, ललितपुरमा ६, नुवाकोटमा दुई, तनहुँमा १४, लम्जुङमा पाँच, गोरखामा चार, उदयपुरमा एक र अर्घाखाँचीमा एक त्यस्ता पसल भेटिएका छन् ।
त्यस्तै, विभागले नेपालमा दर्ता नै नभएका प्रतिबन्धित औषधि बिक्री-वितरण गर्दै आएका २७ मेडिकल हलको व्यवसायी मान्यता प्रमाणपत्र निलम्बन गरेको छ ।
'दर्ता नभएका प्रतिबन्धित औषधि घातक हुन्छन्,' विभागका कानुन अधिकृत विश्व अर्यालले नयाँ पत्रिकालाई भने, 'सानो लापरबाहीले पनि ज्यान जान सक्छ, त्यसैले तिनीहरूलाई बन्द गर्नुपर्*यो ।'

अनुगमनका क्रममा यौन उत्तेजक औषधि, नार्कोटिक औषधि, एन्टिबायोटिक, आयोडिक्सलगायत औषधि फेला परेका छन् । 'भियग्रा, जेनेग्रा पेनेग्रा, स्टेनिस्ट, परिश्रवनलगायत औषधि बढी भेटिने गरेका छन्,' अर्यालले भने ।
ती औषधि नेपालमा दर्ता नभएको र प्रतिबन्धित रहेको उनको भनाइ थियो । त्यस्ता पसललाई भेटिएका औषधिको परिमाणका आधारमा औषधि ऐन, २०३५ को दफा २० को उपदफा ४ (क) बमोजिम प्रमाणपत्र निलम्बन गरिएको विभागले जनाएको छ ।
त्यस्तै, दुई सय ६९ औषधि पसललाई विभागले एकपटकका लागि सचेत गराएको छ । मापदण्ड नपुगेका त्यस्ता औषधि पसलमा व्यवसायी अनुपस्थित हुने, लागू तथा मनोद्दीपक औषधिको बिक्रीको रेकर्ड नराखिएको, भ्याक्सिन उचित तापक्रममा नराखिएको, प्रमाणपत्र नवीकरण नगरेको, म्याद नाघेका औषघि काउन्टरमै पाइएको र कम्पनीले चिकित्सक स्याम्पलका रूपमा पठाउने औषधि पनि काउन्टरमै पाइएका छन् ।


kya ho yasto???


छेऊमा पाए घचेट्ने कुनोमा पाए अँचेट्ने कहिल्यै नगर्नू
Reply With Quote