| Senior Member | | Posts: 569 Thanks: 0
Thanked 184 Times in 173 Posts
Join Date: Nov 2005 Location: I'm in Kathmandu but My Home is in Sunwal | |
| पुरुष भए गर्भवती -
28-03-2008, 07:10 AM
पुरुष भए गर्भवती  एक अमेरिकी पुरुषले आफू पाँचमहिने गर्भवती भएको दाबी गरेका छन् । थोमस बिट्टीले आफ्नो गर्भमा छोरी भएको पनि बताएका छन् । पुरुष भएर गर्भाधान गर्दा एकदमै रमाइलो र अनौठो महसुस भएको उनले द एड्भोकेट पत्रिकामा लेखेका छन् । 'मेरो पेट ठूलो हुँदै गए पनि र मभित्र एउटा जीवन हुर्किरहेको भए पनि म ठीकठाक छु,' उनले लेखेका छन् । 'म आत्मविश्वासका साथ बच्चाको बाबु बन्ने दिन कुरिरहेको छु,' उनले पत्रिकामा उल्लेख गरेका छन् । उनले श्रीमती न्यान्सीलाई लेख समर्पित गरेका छन् । 'म न्यान्सीको श्रीमान् हुँ र मैले हाम्रो बच्चा बोकिरहेको छु,' उनले लेखेका छन् । 'म छोरीको बाबु बन्नेछु र न्यान्सी आमा बन्नेछिन्, हामी एउटा परिवार बन्नेछांैं,' उनले भने । बच्चा जुलाई ३ मा जन्मिने अनुमान डाक्टरले गरेका छन् । परिवार र उनका साथीभाइ बिट्टीको बच्चा जन्माउने निर्णयको विरोधमा रहेका छन् । स्पर्म ब्याकंबाट लिएको बिर्यबाट घरैमा गर्भाधान गरेको उनले बताएका छन् । यसअगाडि पनि उनले घरैमा गर्भाधान गर्ने प्रयास गरेको खुलासा गरेका छन् । त्यस बेला गर्भमा तिम्लिहासँगै रहेकाले गर्भपतन गर्नुपरेको उनले खुलाए । तीन भ्रुणसँगै रहेकाले आफूले फेलुपियन पाइप गुमाउनुपरेको पनि उनले बताए । भाइले गर्भपतनका बारेमा थाहा पाएको पनि बिट्टीले बताए । 'धन्य ! तिम्रो गर्भपतन भयो, नभए कसलाई के थाहा तिम्रो बच्चा जन्मिन्थे,' भाइले आफूलाई भनेको कुरा उल्लेख गर्दै उनले लेखेका छन् । २० वर्षअगाडि न्यान्सीको पाठेघरको अप्रेसन गरिएको कारण उनी गर्भवती बन्न नसक्ने भएकी हुन् । महिलाका रूपमा जन्मिएका बिट्टीले स्तन अप्रेसन र टेरिस्टोरिनको उपचार मार्फत लिंग परिवर्तन गरेका थिए । तर, उनले गर्भाशय भने फालेका थिएनन् । लिंग परिवर्तन गर्नुअघि बिट्टी ट्रेसी लागोडिनो रूपमा चिनिन्थिन । ट्रेसी हवाईमा बस्थिन् र समलिंगीले बच्चा राख्न पाउने अधिकारका लागि अभियानको आयोजनामा सक्रिय हुने गर्थिन् । हवाईमा समलिंगी बिहेलाई कानुनी मान्यता नदिने भएकाले ट्रेसीले लिंग परिवर्तन गरेको जानकारी दिएका छन् । ट्रेसी पनि महिला र उनकी पार्टनर न्यान्सी पनि महिला हुन् । तर, ट्रेसी लिंग परिवर्तनमार्फत बिट्टी बनेपछि न्यान्सी र बिट्टीले बिहे गरेको पनि ती मित्रले जानकारी दिए । बिट्टी र उनकी श्रीमती दुवैले केही टिप्पणी गरेका छैनन् । तर, एड्भोकेट पत्रिकाले भने बिट्टीको गर्भाधानको पुष्टि डाक्टरले गरिसकेको जिकिर गरेको छ । बेलायतमा सन् १९७० को दशकमा परिवार नियोजनको विज्ञापनका लागि गर्भवती पुरुषको पोस्टर प्रयोग गरिएको थियो । पेट बोकेका पुरुषको तस्बिरको क्यापसनमा लेखिएको थियो- 'आफैं गर्भवती हुनुपरेको भए तपाईं केही संयमित हुनुहुन्थ्यो ?' सन् १९९४ मा प्रदर्शित हलिउड चलचित्र 'जुनियर' मा ६ महिने गर्भवती पुरुषको भूमिका आर्नोल्ड स्वार्जनेगरले निभाएका थिए । बिट्टीको गर्भवती घटनाअगाडि चलचित्रमा मात्रै पुरुष गर्भवती भएका घटना सीमित हुन्थे । तर, कतिपय विज्ञले पुरुष पनि गर्भवती हुन सक्ने सम्भावना रहेको बताएका छन् । 'लिंग परिवर्तन गरेका बिट्टी गर्भवती हुन सक्छन् किनभने उनीसँग एउटा अंग त महिलाकै छ,' बेबरी हिल्सको सिर्डास-सिनाई मेडिकल सेन्टरका स्त्रीरोग विशेषज्ञ डाक्टर लिसा मास्टरसनले भनिन् । 'बिट्टीले गर्भाधान गर्नु केही समयअघि वा गर्भाधान गरेपछि टेरिस्टोरिन लिनुहुँदैन । त्यसले गर्दा बच्चीको शरीरमा केटाको गुणहरू उत्पन्न हुन सक्छ,' उनले भनिन् । बिट्टीको सन्तान जन्माउने कदमलाई कतिपयले प्राकृतिक नियमविरुद्ध भएको बताएका छन् । 'बिट्टीले आफूलाई अप्राकृतिक रूपमा पुरुष बनाए । उनी पुरुष होइनन् । अहिले उनी पुरुष भएर बच्चा जन्माउँदै छन् । यो प्राकृतिक नियमविरुद्ध हो,' मार्केटसोमेभेलले भनिन् । kya ho yasto?????????????  छेऊमा पाए घचेट्ने कुनोमा पाए अँचेट्ने कहिल्यै नगर्नू |