| Senior Member | | Posts: 568 Thanks: 0
Thanked 184 Times in 173 Posts
Join Date: Nov 2005 Location: I'm in Kathmandu but My Home is in Sunwal | |
| डा प्रसादको सम्झना -
18-03-2008, 05:06 AM
डा प्रसादको सम्झना सुरेश्वर लालकर्ण्र् डा लक्ष्मीनारायण प्रसादको ८० वर्षो उमेरमा निधन भएको खबरले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा चिनजान भएकाहरू मर्माहत भएका छन् । म २५ वर्षेखि प्रत्यक्ष रूपमा उहा“स“ग आबद्ध भई आफ्नो क्यारियर बनाउन सफल भए । मलाई नेपालको पहिलो वाक् तथा श्रवण विशेषज्ञ बनाउन उहा“को ठूलो योगदान छ । ५६ वर्षघि चिकित्सासेवामा प्रवेश गरी ४८ वर्षघि नेपालको प्रथम नाक, कान र घा“टी विशेषज्ञ एवं नेत्र विशेषज्ञका रूपमा उहा“ले सेवा सुरु गर्नुभएको हो । एक मधेसी डाक्टर भई नया“ सेवा सुरु गर्न र त्यसलाई स्थापित, सुव्यवस्थित र बिस्तार गर्न उहा“ स्वयम्ले दुःखकष्ट पाएको सुन्दा मलाई उहा“बारे सधैं आदरभाव जाग्ने गथ्र्यो । उहा“को महानताको त्यो एउटा पक्ष थियो । उहा“ सबैलाई नया“ किसिमको आधुनिक स्वास्थ्यसेवा सुरु गर्न प्रोत्साहित र निःस्वार्थ सहयोग पनि गर्नुहुन्थ्यो । डा प्रसाद चिकित्सासेवाको साथै सामाजिक सेवामा रुचि राख्नुहुन्थ्यो । आफू नाक, कान, घा“टी एवं नेत्र विशेषज्ञमात्र भए पनि बहिरा र अन्धाहरू बाहेक अन्य अपाङ्गको पुनःस्थापना र विकास लागि उहा“ तत्पर हुनुहुन्थ्यो । सामाजिक कार्यमा शारीरिक-मानसिक रूपले मात्र नभई आर्थिक रूपले पनि उहा“ सहयोग गर्नुहुन्थ्यो । उदाहरणै दिनुपर्दा बहिरा शिक्षाका लागि चारजना विद्यार्थीबाट पहिलो स्कुलको थालनी, अन्धाअपाङ्ग संघ, अन्धा कल्याण संघ, सुस्त श्रवण कल्याण संस्था, नेपाल ल्यारिङजेक्टोमी संघजस्ता संस्थाको स्थापनामा उहा“को प्रत्यक्ष-अप्रत्यक्ष योगदान हो । राजनीतिबाट टाढा बसे पनि जागिरबाट अवकाशपश्चात राष्ट्रियसभा सदस्यमा उहा“ मनोनीत हुनुभयो । उहा“मा सेवा र सहयोगको भावना उहा“का पिता स्व डा द्वारिकाप्रसादबाट विकसित भएको तर्राई क्षेत्रमा कान शिविर सञ्चालन गर्दा एकजना वयोवृद्ध व्यक्तिबाट चाल पाए“ । उहा“ आफूमा भएको संस्कार आफ्ना डाक्टर छोरा, डाक्टर नातिनीसाथै परिवारका सबै सदस्यमा विकसित गराउन सफल हुनुभयो । मेरो व्यक्तिगत विकास र मेरी छोरीहरूको राम्रो शिक्षादीक्षाको सुरुवातमा पनि उहा“को योगदान म बिर्सन सक्दिन । रौतहटको सिर्सिया गाउ“मा मिडिल स्कुल नभएकोले दर्ुइ कोस टाढा हि“डेर दिनहु“ उहा“ भारतको बैरगनिया बजार पुग्नुहुन्थ्यो । सन् १९४५ मा सीमावर्ती भारतीय क्षेत्र मोतिहारीबाट हाइस्कुल प्रथम श्रेणीमा उत्तर्ीण्ा भएपछि उहा“ले विज्ञान विषय लिएर शिक्षा अघि बढाउनुभयो । बुबा डा द्वारिकाप्रसाद, दरभंगाबाट एलएमपी गरेको पारिवारिक पृष्ठभूमिले उहा“मा चिकित्सक बन्ने जा“गर चल्यो । पटना साइन्स कलेजबाट सन् १९४७ मा प्रथम श्रेणीमा उत्तर्ीण्ा हुनुभयो । पटना मेडिकल कलेजमै एमबीबीएसको पढाइ सकेर उहा“ सन् १९५३ मा काठमाडौं आई वीर अस्पतालमा चिकित्सासेवा सुरु गर्नुभयो । बेलायतबाट आ“खा र नाक, कान, घा“टीमा विशेषज्ञता, 'डीओडीएलओ'समेत गर्नुभयो । डा प्रसाद विदेशी मेडिकल जर्नलमा अनुसन्धान प्रकाशित गर्ने पहिलो नेपाली चिकित्सक पनि हुनुहुन्थ्यो । ब्रिटिस जर्नल अफ ओटो ल्यारिङगोलोजीमा १९६३ मा उहा“को हा“डे रोगबारे अनुसन्धानपत्र प्रकाशित भएको थियो । उपत्यकामा हाडे/गलफुलो/मम्पसको महामारी भएको त्यसताका धेरै मान्छे पर्ूण्ारूपमा कान सुन्न नसक्ने भएका थिए । हाडेकै बारे उहा“को विस्तृत अनुसन्धानात्मक लेख प्रकाशित भएपछि यो रोगबाट समेत मान्छे बहिरो हुनसक्ने जानकारी विश्व चिकित्सा जगतलाई भयो । त्यसताकासम्म हाडेबाट पनि बहिरोपन हुनसक्ने विश्वास अन्तर्रर्ााट्रय चिकित्सा क्षेत्रमा उतिसारो थिएन । वीर अस्पतालमा आ“खा, नाक, कान, घा“टी विभागका प्रमुखको रूपमा काम गरेका डा प्रसाद सन् १९८७ मा सेवानिवृत्त हुनुभयो । वीर अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका उहा“ त्रिवि शिक्षण अस्पताल, महाराजगन्जको 'जेनरल प्राक्टिस'मा स्नातकोत्तर कार्यक्रम उहा“कै अध्यक्षतामा सुरु भयो । त्यो कोर्सको अवधारणा ल्याउनेमात्र नभई, कोर्स सुरु उहा“बाटै भएको थियो ।   छेऊमा पाए घचेट्ने कुनोमा पाए अँचेट्ने कहिल्यै नगर्नू |