View Single Post
(#12 (permalink))
Old
News is Offline
Senior Member
 
Thanks: 0
Thanked 25 Times in 25 Posts
एक घण्टा लोडसेडिङ घट्यो - 29-02-2008, 06:38 PM

काठमाडौँ, (महानगर)। मुलुकलाई दैनिक आठ घण्टा अन्धकार तुल्याउँदै आएको नेपाल विद्युत् प्राधिकरणले आजदेखि एक घण्टा लोडसेडिङको समय घटाएको छ।

कुलेखानी दोस्रो जलविद्युत्को एउटा १६ मेघावाटको युनिट मर्मत भई उत्पादन गर्न थालेपछि साताको ६ घण्टा लोडसेडिङ घटाइएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले अत्यधिक विद्युत् खपत हुने समय बेलुकी ५ देखि ९ बजेसम्मको लोडसेडिङ तालिका भने यथावत् राखेको छ। राति १२ बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म गर्दैआएको लोडसेडिङ भने पूण रूपमा हटाइएको प्राधिकरणले जनाएको छ।

त्यस्तै बिहान ४ देखि ८ बजेसम्मको लोडसेडिङ पनि एक घण्टा कटौती भएको छ। आजदेखि बिहान ५ देखि ८ बजेसम्म विद्युत् आपूर्ति कटौती हुनेछ। बिहान ९ देखि दिउँसो १ बजेसम्म हुँदैआएको लोडसेडिङ १२ बजेसम्म कायम हुने प्राधिकरणले जनाएको छ। - Source
Reply With Quote