काठमाडौं, माघ २१ - दैनिक आठ घन्टा लोडसेडिङको मारमा परेका उपभोक्ताले योभन्दा विकराल अवस्था पा“च वर्षम्म झेल्नुर्ुपर्ने भएको छ ।
विद्युत् प्राधिकरण भारप्रेषण केन्द्रको तथ्यांकअनुसार २०६८/६९ मंसिरदेखि जेठबीच १६ घन्टासम्म लोडसेडिङ हुनेछ । त्यस अवधिमा निर्माणाधीन मध्यमर्स्याङ्दी -७० मेगावाट) पूरा भए पनि लोडसेडिङबाट मुक्ति नपाइने भएको छ । त्यसले दैनिक एक घन्टा मात्र लोडसेडिङ कम गराउनेछ ।
सबैभन्दा ठूलो कालीगण्डकी -१४४ मेगावाट) पछि अरू आयोजना निर्माण नभएकाले यो अवस्था आएको हो । यतिखेर बिजुलीको माग ७२० मेगावाट छ भने आपर्ूर्ति त्यसको आधाभन्दा कम छ । मागअनुसार आपर्ूर्ति गर्ने हो भने हरेक वर्ष६० मेगावाट थप चाहिन्छ । छ वर्षेखि नया“ उत्पादन छैन । प्रँधिकरणका अनुसार यो वर्षदैनिक ११ घन्टा, अर्काे वर्ष१० घन्टा, त्यसपछि १३ घन्टा लोडसेडिङ हुनेछ । अबको तीन वर्षछि पनि मंसिरदेखि जेठसम्म दैनिक १४ र त्यसपछि १७ घन्टा लोडसेडिङ हुने केन्द्रले जनाएको छ ।
आगामी वर्षो यसै महिनामा मध्यमर्स्याङ्दी -७० मेगावाट) आए पनि लोडसेडिङ कम नहुने स्थिति छ । प्राधिकरणले अपेक्षा गरेको भारतबाट थप ५० मेगावाट आयात, मध्यमर्स्याङ्दी पूरा हु“दा समेत २०६८/६९ मा दैनिक १२ घन्टाको लोडसेडिङ कायम हुनेछ ।
विद्युत्को अवस्था
यतिखेर प्रँधिकरणका सबै विद्युत्गृहबाट १७२ मेगावाट मात्र उत्पादन हुन्छ । त्यसमा निजी क्ष्ँेत्रबाट ६३, टनकपुरसहित भारतबाट आयात ८०, थर्मल -तापीय) बाट ३० गरी ३३५ मेगावाट उपलब्ध छ । जबकि सा“झपखको विद्युत् माग ७२० मेगावाट छ । ऊर्जा अपुगका हिसाबमा दैनिक १ करोड युनिट बिजुली माग छ भने आपर्ूर्ति करिब ८४ लाख युनिट मात्र छ ।
त्यसै पनि बिजुली उत्पादन कम भइरहेका बेला प्राधिकरणले ३२ मेगावाट उत्पादन हुने कुलेखानी-२ को दुवै युनिट बन्द गरेको छ । दस महिनाअघि एउटा युनिटमा प्रँविधिक गडबडी आएको थियो । त्यसलाई मर्मत गर्दा अर्काे पनि बन्द गर्नुपरेकाले प्रणालीबाट ३२ मेगावाट बाहिरिएको हो ।
ब्रि्रेको युनिट मर्मत गर्न मेसिन निर्माता कम्पनी जापानलाई अनुरोध गर्दा र कारण पत्ता लगाउ“दा धेरै समय लागेको प्राधिकरणको उत्पादन महाप्रबन्धक डा. जीवेन्द्र झाले बताए ।
उनका अनुसार १९८६ मा निर्माण भएको कुलेखानी दोस्रँेको ब्रि्रेका पार्टपुर्ुजा फेर्न निर्माता कम्पनीले डिजाइन गरेर पूरै निर्माण गर्नुपरेकाले धेरै समय लागेको हो । कुलेखानी मार्च ३१ भित्र मर्मत गरिसक्ने उनले बताए ।
नया“ योजना
नया“ आयोजना निर्माण अभावमा तत्कालका लागि लोडसेडिङ कम गर्ने एकमात्र विकल्प भारतबाट आयात हो । प्राधिकरणले यो वर्षभत्र थप ४० मेगावाट आयात गर्ने योजना छ । 'भारतबाट थप बिजुली ल्याउन कूटनीतिक पहलमा छौं,' जलस्रँेतमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कान्तिपुरसित भने ।
प्राधिकरणले २०६५ को मध्यसम्ममा मध्यमर्स्याङ्दी पूरा गर्ने जनाएको छ । त्यसपछि कुलेखानी तेस्रँे -१४ मेगावाट), माथिल्लो त्रिशूली ए -६० मेगावाट), राहुघाट -२७ मेगावाट), माथिल्लो त्रिशूली बी -४५ मेगावाट), चमेलिया -३० मेगावाट), माथिल्लो तामाकोसी
-३०९ मेगावाट) र निजी क्ष्ँेत्रबाट २०६९ सम्म १५० मेगावाट खरिद गर्ने नीति लिएको छ । यी सबै आयोजना निर्माण भएपछि मात्र लोडसेडिङ अन्त्य हुनेछ ।
संसदीय चासो
संसद्को अर्थ समितिले लोडसेडिङ कम गर्ने उपायबारे आइतबार गरेको छलफलमा प्राधिकरणका कार्यकारी निर्देशक अजर्ुर्ुकुमार कार्कीले निर्माणाधीन आयोजना पूरा नहु“दासम्म भारतबाट आयात गनर्ुर्ुे विकल्प नभएको बताए ।
'लोडसेडिङ कम गर्ने योजनासमेत नल्याएको' मा आक्रोशित सांसदहरूले अर्को बैठकमा प्राधिकरणलाई सबै चल-अचल सम्पत्ति विवरणसहित समाधानका उपाय प्रस्तुत गर्न निर्देशन दिएका छन् ।
कार्कीले भने विद्युत् आयात मात्र समस्या समाधानको उपाय भएको भन्दै यससम्बन्धी विवरण समितिसमक्ष पहिल्यै प्रस्तुत गरिसकेको जिकिर गरे । सांसदहरूले ठूलाभन्दा साना योजना प्रभावकारी हुने उल्लेख गर्दै तत्कालका लागि न्यूनतम युनिटभन्दा बढी उपभोग गर्ने ग्राहकलाई बढी जरिवाना लगाएर बचत गर्न सुझाव दिएका छन् । तर कार्कीले प्राधिकरणका लाखौं ग्राहकका घरमा विद्युत् नियन्त्रण संयन्त्र राख्न सम्भव नहुने बताए ।
कम विद्युत् खपत गर्ने चिम राख्न प्राधिकरणले आग्रह मात्र गर्न सक्ने उल्लेख गर्दै उनले भने- 'हामीले बल्ब फेरिदिन सक्दैनांै ।' विद्युत् मैत्री सडक बत्तीको प्रयोग गर्ने संरचना बनाउन स्थानीय निकायहरू सबल नभएकाले 'भन्दैमा मात्र नहुने' उनको दलिल छ ।
सांसदहरूले भने यससम्बन्धी प्रस्ताव आएमा विदेशी दाताहरूको सहयोग जुटाउन र अन्य वैकल्पिक स्रोत खोज्न आफूहरूले सहयोग गर्ने बताए । 'समाधानको योजना पेस नगरी कुनै निकायले काम गर्न सक्दैन भनेर बस्दा समस्या झन् विकराल हुन्छ,' बैठकका अध्यक्ष डा. मंगलसिद्धि मानन्धरले भने ।
सांसद डा. प्रकाशशरण महतले राज्यका निकायप्रति सकारात्मक दृष्टि राखेर समाधानका योजना पेस नभएको भन्दै असन्तुष्टि जनाए । 'सहयोग चाहिए सम्बन्धित निकायलाई बोलाएर कुरा गर्र्छौं,' उनले भने । कार्कीले शान्ति सुरक्षा अभावमा विद्युत् चोरी भएको क्ष्ँेत्रमा लाइन काट्न जाने कर्मचारी कुटिने गरेको भन्दै कार्कीले तत्काललाई चुहावट कम गर्न नसकिने बताए ।
अबको लोडसेडिङ -मंसिरदेखि जेठसम्म)
वर्षलोडसेडिङ दैनिक -घन्टा
२०६४/६५ ११
२०६५/६६ १०
२०६६/६७ १३
२०६७/६८ १४
२०६८/६९ १७
स्रोत ः भार प्रेषण केन्द्र, प्राधिकरण -
Source