| धूवाँसँग रङ्मङ्गिँदै -
09-07-2006, 02:51 AM
धूवाँसँग रङ्मङ्गिँदै सरोजराज अधिकारी धूमपान स्वास्थ्यका लागि हानिकारक छ । "म प्याकेट नै बोक्दिनँ, प्याकेटमा लेखिएको हुन्छ होइन यो !" यस किसिमको ठट्टाबाट सुरु भयो दिव्यासँगको कुराकानी । एकपछि अर्को सर्को चुरोट तनाइ हेर्दा लाग्थ्यो, निकै अभ्यस्त भइसकेकी छन् उनी । "यस्तै चार वर्ष भयो होला," उनले भनिन्, "अलिक 'एक्स्ट्रा' देखिन्छ नि ! अब त आदत पनि बसिसक्यो ।" उखानै छ केटाको तलब नसोध्नु, केटीको उमेर । सोध्नैपर्ने थियो, सोधियो । दिव्या पनि के कम, घुमाउरो पारामा जवाफ दिइन्, "२० नाघेकी छैन ।" तर, एक-दुई वर्ष घटाइन् कि ! नयाँ बानेश्वरस्थित रोजमेरी क्याफेअगाडिको सानो कफी कर्नरमा दिव्या जसलाई पर्खिरहेकी छन्, उनीहरू पनि आइपुग्छन् । "उहाँ स्वास्थ्यसँग सम्बन्धित संस्थाबाट । 'स्मोकिङ् ह्याबिट' का बारेमा सर्वेक्षण गर्दै हुनुहुन्छ रे !" दिव्याले आफ्ना साथीमाझ पङ्क्तिकारलाई यसरी चिनाउँदा उनका साथीहरू पनि 'मनिब्याग' बाट चुरोट निकालेर सल्काउन थालिसकेका हुन्छन् । म श्रेया, म रेश्मा, म अतुल र म सविता, परचियको शृङ्खला चल्छ । सबैको उमेर २० कै पेरपिmेर ि। हेर्दाहेर्दै केही थान चुरोटबाट निस्केको धूवाँले वरपरको परविेशलाई बादलमय बनाइदिन्छ । चुरोट किन पिएको ? "किन भन्ने खै, कारण नै थाहा छैन," सविताले यसो भन्दा दिव्याको चुरोट 'एस्ट्रे' मा घोटिइसकेको हुन्छ । सबैले कस्तो हुन्छ त भन्ने जिज्ञासाबाट सुरु गरेका रहेछन् चुरोट तान्न । अतुल केटीहरूभन्दा बढी अप्ठ्यारो महसुस गररिहेका थिए । श्रेयाले मुख खोलिन्, "दिमागमा शान्ति हुन्छ, मानसिक थकान कम हुन्छ ।" तर, धूवाँ त फोक्सोमा पो पुग्छ ? प्रश्न नसकिँदै उनले काटिन्, "मैले असरको कुरा गरेकी । असर त दिमागमै गर्छ नि हैन ?" पार्टी कल्चरमा अभ्यस्त रेश्माले त्यहीँबाट चुरोट तान्न सुरु गरेको बताइन् । "एकछिन मज्जाले उप|mेर थाकेको बेलामा छेउ परेर चुरोट तान्नु मज्जै हुँदो रहेछ । फेर िहल्का डि्रङ्क्स पनि लिइएको हुन्छ," रेश्मा व्यावहारकि भएर जवाफ दिन खोज्छिन् । यतिन्जेल दिव्याले दोस्रो चुरोट सकिसकेकी हुन्छिन् । प्लास्टिक गिलासबाट अन्तिम घुट्को कफी पिइसकेपछि उनले पानपराग निकालिन् । फेर ियो किन नि ? "चुरोटको गन्ध काट्छ," एक फ्वाँक मुखमा राखेपछि उनले भनिन् । किशोरी-युवतीहरूका अनुसार, जाडो समयमा र चिसो पेय पिउँदा चुरोटको तलतल बढी लाग्छ । "डि्रङ्क्स र कफी पिएका बेला पनि यसको तलतल लाग्छ," फेर िरेश्माले नै थपिन् । बिहान कलेज सुरु हुनुअघि सबै एक/एक सर्को भए पनि चुरोट तान्न रुचाउँछन् । अनि ? "एकदम थकान महसुस भएका बेला, एक्लै रहेका बेला चुरोटको सहारा लिन मन लाग्छ," दिव्या अरूभन्दा बढी खुलिरहेकी थिइन् । प्रायः सबै मध्यमवर्गीय पारविारकि पृष्ठभूमिका थिए । कुराकानीका क्रममा उनीहरूमा पारविारकि हेरचाहको कमी थियो । श्रेयाका भाइ पढाइका लागि अमेरकिा गए तर उनको भने घरमा विवाहको कुराकानी चल्न थालिसकेको थियो । "भाइलाई चाहिँ पैसा खर्चेर विदेशमा पढाउने, मेरो विवाहको हतारो किन ?" श्रेयाले भनिन् । घरमा गरनिे छोराछोरीबीचको भेदभाव दिव्यालाई पनि खड्किएको रहेछ । प्रेम प्रसङ्गमा पनि राम्ररी खुलेनन् उनीहरू । "प्रेम पनि चुरोटजस्तै हो, आखिर हुने खरानी नै रहेछ," गफमा साहित्यिक रङ मिसाउँछिन् रेश्मा । सविता अलिक उग्र रहिछन् । पारविारकि पृष्ठभूमिमा पस्नै नचाहने उनी यी कुराहरूलाई पनि आफ्नो निजी मामिला बताइरहेकी थिइन् । कुराकानीकै क्रममा उनी यसरी झडङ्ग झर्किइन्, "केटाहरूले जे गर्दा नि हुने, हामीले नहुने ?" अतुललाई कुनै प्रश्न नै नगरएिकाले पनि उनी रसिाएकी रहिछन् । यस कुराले सबैलाई केही सकसमा पार्*यो । अघिदेखि नै अप्ठ्यारो मानिरहेका अतुल उठेर हिँडे, उनको उपस्थितिले अरूलाई पनि अप्ठ्यारो पाररिहेको रहेछ । 'सेक्स अपिल' का लागि पनि केटीहरू चुरोट पिउँछन् हैन ? अघि नै सोधिएको यस प्रश्नमा बल्ल श्रेयाले जवाफ फर्काइन्, "हो, केटीहरूले चुरोट पिएको 'सेक्सी' देखिन्छ । तर, चुरोटले 'सेक्सुअल इमोसन कन्ट्रोल' पनि गर्छ । त्यसबाट ध्यान 'डाइभर्ट' गरििदन्छ ।" श्रेयाको यस भनाइमा अलिक विरोधाभास देखिए पनि सविताको तर्कलाई भने यसले फितलो पारििदयो । "के धूमपान महिला स्वतन्त्रताको प्रतीक हो ?" सूर्ती निरोधक परामर्शदातृ सजीना मैनी ७ फेब्रुअरी २००६ को टि्रब्युनइन्डिया को अनलाइन संस्करणमा लेख्छिन्, "त्यसो त पुरुषहरूले पिउन हुने हामीले किन नहुने भनेर तर्क गर्छन् महिलाहरू । तर, कारण के हो भने, स्वघोषित आधुनिक बन्न र सेक्सी देखिन उनीहरू जीवनलाई धूवाँमा उडाइरहेका छन् ।" मैनीको यस भनाइले पनि सविताको तर्क र श्रेयाको मनमा दबेको कुरालाई एकैसाथ खण्डित र उजागर गर्छ । अब सबै हिँड्ने भए । "वास्तवमा म कुनै स्वास्थ्य सङ्गठनबाट नभएर पत्रिकाबाट हो," यसो भन्दा सविता निकै अत्तालिइन् र भनिन्, "मलाई त पहिलेदेखि नै शङ्का थियो ।" बाँकी सबै रनभुल्लमा परे, "ला....आ !" श्रेयाले लुकास को 'माउथ स्प्रे' निकालेर मुखमा दुईपटक छ्यास्छयास् पारनि् । "दाइ हाम्रो नामचाहिँ नराखिदिनुहोस् है," श्रेयाको कुरामा सबैले स्वर मिलाए । "तपाईंहरूको जस्तो नाम त धेरैको हुन्छ नि, बरु थरचाहिँ उल्लेख नगरििदउँला, हुन्न ?" मौन सहमति जनाए सबैले । साँझको समयमा प्रायः सधैँ उनीहरू यसरी नै जम्मा हुँदा रहेछन् । भोलि यसैबेला यहाँ तपाईंहरूको तस् िबर खिच्न आउँदा के हुन्छ ? "त्यो हाम्रो अन्तिम तस्िबर हुन्छ, घरकाले मारहिाल्छन् नि !" सविताको रसि अझै मरसिकेको थिएन । विश्व स्वास्थ्य सङ्गठन र क्यानेडियन जनस्वास्थ्य एसोसिएसनले गरेको 'ग्लोबल युथ टोबाको सर्भे' -जीवाईटीएस) का अनुसार, ६.४ प्रतिशत केटीहरू धूमपान गर्छन् । यस प्रकारको सर्वेक्षण नेपाललगायत विश्वका एक सय ४० देशहरूमा गरएिको संयुक्त राज्य अमेरकिाको 'सेन्टर फर डिजिज कन्ट्रोल एन्ड पि्रभेन्सन' को आधिकारकि साइट सीडीसी डट गभ मा प्रकाशित छ । खासगरी १३ देखि १५ वर्षको उमेर समूहका केटाकेटीमा केन्दि्रत गरएिको सर्वेक्षणले नेपालमा २.९ प्रतिशत केटीहरूले गुट्खा, पानमसला आदिको सेवनसमेत गर्ने नतिजा निकालेको छ । उनको संसार नामक स्तम्भमा भारतीय मैनी अगाडि लेख्छिन्, "यही कारण महिलाहरूमा फोक्सोको क्यान्सरलाई स्तन क्यान्सरको समस्याले उछिन्दैछ ।" काठमाडौँलगायत नेपालका १९ जिल्लाका विकासशील क्षेत्रका निजी तथा सरकारी माध्यमिक विद्यालयहरूमा ८ देखि १० कक्षामा अध्ययनरत विद्यार्थीहरूमाझ गरएिको सो सर्वेक्ष्ाण भन्छ, "सेवनकर्तामध्ये एकचौथाइ केटीहरू यो ठान्छन् कि, धूमपानले उनीहरूलाई बढी आकर्षक देखाउँछ ।" विश्वका अन्य विकसित देशका तुलनामा नेपाली केटीहरूमा देखिएको धूमपानको प्रवृत्ति त्यति ठूलो नभएको जीवाईटीएसले उल्लेख गरेको छ । "तर, दसमा एक जना विद्यार्थीले घरमै पनि धूमपान गर्ने बताएका छन् । अभिभावकहरूले यसतर्फ ध्यान दिनु आवश्यक देखिन्छ," जीवाईटीएसले अर्को एक आश्चर्यजनक नतिजा निकाल्दै चिन्ता व्यक्त गरेको छ, "नेपालका पहाडी जिल्लाका ७१.६ प्रतिशत महिलाहरू धूमपान गर्छन्, जुन विश्वमै एक उच्चदर हो ।" "म नेपाल पत्रिकाबाट ।" यसरी परचिय दिँदा बिहानीपख काठमाडौँ मलअगाडि उभिएर चुरोटको धूवाँ उडाइरहेकी १८/१९ उमेरकी एक युवतीले हेर्दै नहेरी भनिन्, "म के गरौँ त ?" केटीहरूको धूमपान बानीबारे रपिोर्टिङ् गर्दैछु, तपाईं किन चुरोट पिउनुहुन्छ ? उनले पछिल्लो वाक्यांश मात्र सुनिन् क्यार, त्यसैले अलिक रसिाउँदै भनिन्, "तपाईंलाई मतलब ?" "हालै मात्र सर्वोच्च अदालतले सार्वजनिकस्थलमा धूमपान गर्न प्रतिबन्ध लगाउने फैसला गरेको छ, अब यो सार्वजनिक मतलबको विषय हो," यो सुनेर त उनी झन् बाङ्गिइन् । "त्यसो भए अदालतमै गएर जवाफ दिउँला," उनी बम्केर हिँडिन् । विश्व स्वास्थ्य सङ्गठनले सन् २००१ मा गरेको एक सर्वेक्षणका अनुसार, विश्वमा प्रत्येक वर्ष ४९ लाख मानिसहरू धूमपान सेवनका कारण मर्ने गर्छन् र यही प्रवृत्तिले निरन्तरता पाइरहने हो भने सन् २०३० सम्म धूमपानका कारण मर्नेहरूको सङ्ख्या एक करोड नाघ्ने छ ।" अदालतको फैसला कार्यान्वयन भई कानुन बन्न लामै समय लाग्ला तर ती बम्केर हिँड्ने युवतीमाथि जब चुरोटको धूवाँले नकारात्मक असर दिन थाल्नेछ, तब एकदिन उनले आफैँलाई सोध्नेछिन्, "मैले चुरोट किन पिएकी !" म अनि मेरो नेपाल उस्तै उस्तै हो । |