View Single Post
(#1 (permalink))
Old
kniraz's Avatar
kniraz is Offline
Senior Member
 
Images: 12
Thanks: 0
Thanked 96 Times in 95 Posts
सात मेडिकल मिथहरु - 27-12-2007, 03:06 AM

वैज्ञानिकहरुले स्वास्थ्य सम्बन्धी सात महा आश्चर्यहरुको खुलाशा हालै गरेका छन् । रोयर्टस समाचारका अनुसार अँध्यारोमा किताप पढ्दा आँखा बिग्रिँदैन, हरेक दिन आठ गिलास पानी पिए मात्र स्वस्थ शरीर हुने कुरा भ्रम हो र तपाइँले गोडाका रौँ काट्नु भयो भने काटेभन्दा दोब्बर बढ्छ भन्नु मूर्खता हो ।

वर्षौँदेखि मानिसको मनमस्तिष्कमा गाँसिएका यी भ्रमहरु तोड्ने काम हालै बेलायती मेडिकल जर्नलले गरेको छ । गएको शुक्रबार यो जर्नलले यो कुराको खुलासा गर्दै यस पटकको क्रिसमस उपहार दिएको छ ।

अध्ययनबाट थाहा भयो, वैज्ञानिकहरुले पहिलेदेखि भन्दै आएको एउटा स्वस्थ व्यक्तिका लागि दिनमा आठ गिलास पानी पिउनु जरुरी छ, वास्तवमा गलत रहेछ । पूर्ण वैज्ञानिक प्रमाण बिना नै यो कुरालाई महत्वका साथ अमेरिकी जर्नल अफ साइकलजीमा प्रकाशित भएको रहेछ ।

अन्य मेडिकल मिथहरुमा-
मधुरो प्रकाशमा पढ्यो भने आँखा कम देख्ने भइन्छः अधिकांश आँखा विशेषज्ञहरुले कम प्रकाश भएको बेला पढ्दा आँखा बिग्रिन्छ भन्ने कुरामा विश्वास गर्छन् । तर नयाँ अध्ययनले भन्छ- यदि तपाइँले मधुरो प्रकाशमा पढ्ने प्रयास गर्नुभयो भने आँखाले नै तपाइँको आँखी भौँ खुम्याइकन, आफ्नो सुविधाअनुसार झिमिकझिमिक गरेर भए पनि पढ्छ ।

रौँ काट्दा पुनः जब्बर भएर आउँछ र चाँडै हलक्क बढ्छः बारम्बार रौँ काट्दा न त यो झन् जब्बर भएर आउँछ न त चाँच्चाँडो बढ्छ । बरु त्यसको कारण चाहिँ के हो भने राम्रो मेसिनको अभावमा यसको केही भाग रहिरहेका कारण मानिसहरुलाई चाँडै बढेको हो भन्ने अनुभूति मात्र भएको हो ।

तुर्की (अमेरिकी कुखुरो) खाँदा मान्छेलाई निद्रा बढी लाग्छः यो कुखुरो प्रजातिको चरोमा एमिनो एसिड जसलाई ट्राइप्टोफान हुन्छ । यो एसिडले निद्रा र तपाइँको भावनामा निकै असर पुर्*याउँछ । तर यो एसिड कुखुरा, साँढे वा गाईको मासुमा बरु बढी हुने गरेको छ । यो सत्य हो, शरीरलाई चाहिनेभन्दा बढी मासु वा अन्य भोजन गर्*यो भने त्यसै पनि निद्रा बढी लाग्ने गर्दछ । त्यसैले तुर्की खाँदा मात्र अल्छ्याइँ बढाउने भन्ने कुरा असत्य हो ।

हामीले हाम्रो मस्तिष्कको १० प्रतिशत मात्र प्रयोग गर्ने गरेका छौँ: यो भनाइ चाहिँ १९०७ भन्दा अघि निकै लोकप्रिय थियो । तर पछिल्ला समयमा यो प्रमाणित भइसकेको छ, मस्तिष्कका कुनै पनि भाग निष्क्रिय वा चूप लागेर बस्दैनन् ।

कपाल र नङहरु मृत्युपछि पनि बढिरहन्छन्: वैज्ञानिकहरुले यसलाई भूताहा कथाको उपज मानेका छन् । उनीहरुका अनुसार यसमा कुनै पनि सत्यता छैन । अध्येताहरुको भनाइ अनुसार मृत्युपछि मान्छेको छाला सुखा हुन्छ । यो सुखापनका कारण झोलिएका मासु र छालाहरु तनक्क तन्किन जान्छ । ती मासु र छाला तन्किएका कारण पुरानै अवस्थाका नङ वा कपालको आकार बढेको अनुभूति मात्र भएको तर बढेको चाहिँ होइन ।

अस्पतालका लागि मोबाइल फोन खतरनाक हुन्छन्: विभिन्न अध्ययनले देखाएको भनिएको, मान्छेको स्वास्थ्यका लागि मोबाइल खतरनाक छ, वा यसले मानिसहरुलाई नपुङ्शक बनाउँछ वा अन्य यस्तै कुराहरुको पूर्ण रुपमा अझै गम्भीर अध्ययन बाँकी नै छन् । तर अध्येताहरुको भनाइमा चाहिँ अस्पताल हाताभित्र अझ भनौँ गम्भीर विरामीहरु भएका ठाउँमा मोबाइल लैजानु हानिकारक हुन सक्छ, यो पूर्णतः गलत छ । यसमा भएको रेडियोएक्टिभ तत्वले विरामीलाई गम्भीर असर पार्छ भन्ने मात्र भ्रम हो । जति गम्भीर र खतरनाक मानिएको छ, त्यति यो छैन ।

यो अध्ययन आरोन क्यारोल र राचेल भ्रीम्यानले संयुक्त रुपमा गरेका थिए । इण्डियाना युनिभर्सिटी स्कूल अफ मेडिसिनका लागि उनीहरुले यो खोज गरेका थिए ।


To live long, live slowly.
Reply With Quote