View Single Post
(#6 (permalink))
Old
KMC is Offline
New Member
 
Images: 11
Thanks: 5
Thanked 4 Times in 3 Posts
ब्लाक स्पाइडरका प्रमुख दिल्लीमा पक्राउ - 19-10-2007, 06:59 AM

काठमाडौं, कार्तिक १ - भारतमा बसी नेपालका प्रतिष्ठित र सम्पन्न नागरिकलाई धम्क्याउँदै रकम असुल्ने 'इन्टरनेसनल ब्लाक स्पाइडर' गिरोहका प्रमुख मिलन लामा भनिने सन्दीप पाठक बिहीबार दिल्लीमा पक्राउ परेका छन् ।

पाठकलाई इन्टरपोल सूचनाका आधारमा दिल्ली प्रहरी टोलीले पक्राउ गरेको हो । ३० वषर्ीय पाठक सिन्धुली कमलामाई नगरपालिका ११ का स्थायी बासिन्दा हुन् । उनले विभिन्न देशबाट फोन र इमेलमार्फत आफ्नो सन्जालमा तीन सयभन्दा बढी कार्यकर्ता रहेको दाबी गर्दै रकम माग्ने गर्दथे । मागेको रकम नदिए मार्ने धम्की दिने गर्दै आएका थिए । 'पछिल्लो प्राप्त सूचनाहरू हामीले इन्टरपोलमार्फत अन्तर्राष्ट्रिय प्रहरी सन्जालमा पठाइरहेका थियौं, त्यही सूचनाका आधारमा पाठक दिल्लीमा पक्राउ परेका हुन्,' महानगरीय अनुसन्धान महाशाखाका प्रमुख उपेन्द्रकान्त अर्यालले कान्तिपुरसँग भने ।

जबरजस्ती चन्दा, धम्की र अपहरणको अभियोगमा दिल्ली प्रहरीले बिहीबारै पाठकविरुद्ध स्थानीय अदालतबाट म्याद लिएको छ । उनले भारतीय धनी र प्रतिष्ठित व्यक्तिलाई पनि पैसा असुल्न धम्क्याउने गरेको उजुरी परेपछि दिल्ली प्रहरीले खोजी गरिरहेको थियो । दिल्ली महानगरिय प्रहरीले पाठकलाई पक्रन सघाउनेलाई पचास हजार इनाम राखेको थियो । पक्राउ परेलगत्तै महानगरिय अपराध महाशाखाले दिल्ली प्रहरीसँग समन्वय गरी अनुसन्धान अघि बढाएको छ ।

एसएसपी अर्यालका अनुसार पाठकको पत्र र फोन आंतकबाट काठमाडांैमा मात्रै पचासौ पिडित छन् । मागेको जति रकम नदिएको भन्दै यो समूहले आपmना सदस्यहरूमार्फत काठमाडौंमा चार जनालाई गोली प्रहार गरेको छ । काठमाडौं मेडिकल कलजेका चिकित्सक हेमाङ दीक्षितलाई २०६३ वैशाख २१ गते, वैदेशिक रोजगार एसोसिएसनका अध्यक्ष एलपी सावालाई २०६३ माघ १६ गते र वीरबाहन शमशेर जबरालाई २०६२ पुस ४ गते यसै समूहका सदस्यले गोली हानेका थिए ।

ललितपुरका वैदेशिक रोजगार व्यवशायी राजिव श्रेष्ठको हत्यामा समेत आफ्नो गिरोहको संलग्नता रहेको पाठकले स्वीकारेका छन् । प्रहरीले यसअघि नै उक्त समूहमा संलग्न आकाश केशी, मनोज तामाङ, गणेश लामा र केदार श्रेष्ठलगायत पेस्तोल, गोली र हेरोइनसहित पक्राउ परिसकेका छन् । - Source




Milan Lama held in Delhi

The Delhi police arrested Nepali gangster Sandeep Pathak alias Milan Lama today in New Delhi. Confirming Lama’s arrest, Senior Superintendent of Police at Metropolitan Police Crime Branch, Hanumandhoka, Upendra Kanta Aryal, said that the Delhi police arrested Lama on charges of extortion and abduction of people.

“We are coordinating with the Delhi police. We have investigation records of the criminal activities of Lama,” SSP Aryal told this daily. Lama is a member of the notorious International Black Spider group operating in Nepal. - Source
Reply With Quote